भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा २५ लाख वढीका फर्निचर किनियो
नयाँ बनेको भवनमै २८ लाख मर्मत सम्भारमा खर्च गर्दै राखिएको भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा २५ लाख वढीका फर्निचर किनिएको छ । प्रदेश सरकार व्यवस्थापन समितीले नयाँ भवनमा मर्मत सम्भार र लिपपोतमा २८ लाख खर्च गर्दै मन्त्रालयलाई आवश्यक पर्ने ९ लाखका फर्निचर किनेर दिएको चार महिनामा थप १६ लाख वढीको फर्निचर किनिएको हो । मर्मत सम्भारमा कुनै रकम खर्च नगरेको यो मन्त्रालयले पनि फर्निचर र फिक्चर्समा १६ लाख वढी खर्च गर्दै अनावश्यक खर्च गरिएको छ । सहकारी प्रशिक्षण डिभिजन कार्यालयको नयाँ भवनमा स्थापना गरिएको भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा चार महिनामै थप १६ लाख वढीको फर्निचर तथा फिक्चर्स किनिएका छन् । प्रदेश सरकार व्यवस्थापन समितीले नयाँ भवनमा मर्मत सम्भार शिर्षकमै २८ लाख खर्च गर्दै मन्त्रालय स्थापना गर्नका लागि फागुन महिनामै ९ लाखका फर्निचर किनेर दिईएको थियो । अहिले चार महिना हुन लाग्दा १६ लाख ३५ हजारको फर्निचर किनेर रकम सिद्धाईएको छ ।
मन्त्रालयले सो शिर्षकमा विनियोजन गरेको २० लाख रकममध्ये अव ३ लाख ६५ हजार मात्रै वाँकी रहेको छ । पुँजीगत तर्फ विभिन्न ५ वटा शिर्षकमा रकम विनियोजन गरिएकोमा फर्निचरका साथै मेसिनरी तथा औजार शिर्षकमा पनि १७ लाख ७ हजार रकम खर्च गरिएको छ । वाँकी तीन शिर्षकमा एक रुपैया पनि खर्च भएको छैन् । निर्मित भवनको संरचनात्मक सुधारमा राखिएको १० लाख सवारी साधनमा राखिएको १० लाख र पुँजीगत अनुसन्धान तथा परामर्श शिर्षकमा राखिएको ५८ लाख रकममध्ये एक रुपैयाँ पनि खर्च भएको छैन् । फर्निचर र फिक्चर्स शिर्षक तथ मेसिनरी औजार शिर्षकमा साढे ३३ लाख अन्धान्धुन खर्च गरिएको छ । कुल वजेट एक करोड २३ लाख पुजीगत वजेटमध्ये ८९ लाख खर्च गर्न वाँकी छ । अहिले पनि वाँकी रहेको वजेट असारलागेसँगै धमाधम खर्च भईरहेको छ । तर त्यसको वास्तविक हिसाव किताव भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले दिएको छैन् ।