धनगढी वसपार्कको स्तरोन्नतिको काम अधुरै (भिडियो सहित)
निर्माणका लागि ६ महिना समय थप
असार २५ गतेसम्म सम्पन्न गर्ने सम्झौता रहे पनि धनगढी बसापार्क स्तरोन्नतिको काम अधुरै रहेको छ । शघन सहरी विकास कार्यक्रम अन्तर्गत यो योजनाको करिव २५ प्रतिशत काम बाँकी छ । सम्झौता अवधिमा काम सम्पन्न नभएपछि योजना कार्यान्वयन गरिरहेको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनगढीले ६ महिना समय थपेको छ । राजेन्द्र–रुद्रावती जेभीसंँग १ करोड ३४ लाख ९२ हजार रुपैया लागतमा स्तरोन्नतिको सम्झौता भएपछि निर्माण कार्य सुरु गरिएकोमा निर्माण कम्पनीले तोकिएको समयमा सवै काम सम्पन्न गर्न नसकेको हो । सुदुरपश्चिम यातायात व्यवसायी संघले वस सञ्चालन गरिरहेकोले पटक पटक वस हटाएर स्थान खाली नगरिदा निर्माणको काम ढिलो गरी सुरु भएकोले ६ महिना समय थपिएको सहरी विकास तथा भवन निर्माण डिभिजन धनगढीका प्रमुख रविन्द्र वोहोराले बताए ।