धनगढीमा नोभा अस्पताल सञ्चालनमा (भिडियो पनि)
धनगढीको सेती अञ्चल अस्पताल लाईनमा आजदेखी नोभा अस्पताल सञ्चालनमा आएको छ । अस्पतालको शनिबार एक कार्यक्रमका बीच काठमाडौ मेडीकल कलेजका डाक्टर मुकुन्दराज जोशीले उद्घाटन गरे। उनले नीजि लगानीमा सुविधायुक्त अस्पताल सञ्चालनमा आएपछि प्रदेश नम्वर ७ का जनतालाई उपचारमा राहत हुने बताए।
अस्पतालबाट तत्काल पेट, छाती, मुटु, हाडजोर्नी, नाक, कान लगायतको सेवा सुविधा लिन सकिने सञ्चालक अनिता पन्तले जानकारी दिए। उनले दुई करोडको लगानीमा १५ शैयाको अस्पताल सञ्चालन ल्याएको र केहिदिनपछि डायलासीस सेवा पनि सुचारु गर्ने बताए। अस्पतालबाट अनुभवी विशेषज्ञहरु बाट सेवा दिने भएकाले प्रदेश ७ को स्वास्थ्य सेवा थप टेवा पुग्ने व्यवस्थापक लोकराज भट्टले बताए।