महँगीको मारमा जनता
बझाङको बुंगल नगरपालिका २ की कलादेवी बोहोराले वैशाखको १५ गतेतिर ५० किलोग्रामको मोटा चामल एक हजार ८ सय ५० रुपैयामा किन्नु भएको थियो । त्यही मोटो चामल किन्नका लागि बागथलाको बजारमा असार ४ गते पुगिन् । चामल तौलिन र व्यापारीलाई २ हजार पैसा बुझाईन् । व्यापारीले पैसा पुगेन ३ सय अरु थप्नु होस भन्दा बोहोरा अचम्ममा परिन् । किन भनेर सोधपुछ गर्दा अहिले महंगो भएको छ भने व्यापारीले उत्तर फर्काए । उनी पैसा अपुग भएपछि २ हजारको मात्रै चामल लिएर घर आईन् । ‘एक महिनामै बोरामा ३÷४सय बढाए छन, हामी जस्ता गरीबले त बा“च्नै मुस्किल भयो’ कलादेवी बोहराले गुनासो गरिन् । बैशाखको दोस्रो हप्तासम्म ५० किलो मोटा चामलको बोरा २ हजारमा खरिद गरेको बताउने बझाङको खप्तड छान्ना गाँउपालिकाका ९ का सुवास खड्का पनि जेठ २२ गतेको चामलको भाउ बढेर २ हजार ३ सय ५० पुगेको सुन्दा चकित परे । व्यापारीहरुले मनपरी मुल्य बढाएर सर्वसाधारण उपभोक्ताको ढाड सेक्ने काम गरेको भन्दै उनले आक्रोस समेत पोखे । उनले भने ‘यो त अचाक्ली भयो, यत्रो मुल्य कसरी बढ्यो भनेर सोध्दा लिने भए लेउ नलिने भए नेलेउ भन्छन । भोकै बस्न पनि सकिदैन’ । असारको महिनामा रोपाई गर्दा एक छाक भात खानै प¥यो ।
माथि उल्लेख भएको चामलको मुल्य सुची बझाङका स्थानीय बजा बागथला र तमैलको हो । सदरमुकाम भन्दा ३÷४ किलोमिटर टाढाका गाउ“हरुमा मोटो चामल ५० किलोको बोराको २ हजार ८ सय देखी ३ हजार १ सय रुपैयासम्ममा विक्री बिक्री हुने गरेको स्थानीय उपभोक्ताहरु बताउँछन । झन यातायातको सुविधा नपुगेका दुर्गम गाउ“हरुमा त यही चामल ६ देखि ८ हजारमा बिक्री भईरहेको साइपाल गाउ“पालिकाका जसविर बोहराले बताए । ‘चामल मात्र हैन प्रत्येक सामानको मुल्य बढेको छ ।’ बझाङ सदरमुकाम चैनपुरमा एक जना खुद्रा व्यापारी निरनराम जोशीले भने ‘होलसेल पसल बाट नै मुल्य बढेर आए पछि हामीले पनि बढाउनै पर्यो । धनगढीबाट नै मुल्य बढेर आएको छ भन्छन’ उनले दैनिक उपभोग्य सामानमा सबै भन्दा बढी तेलको मुल्य बृद्धि भएको बताए । बजेट भाषण अघि ८५ रुपैयामा विक्रीहुने आधा लिटर सनप्mलावर तेलको मुल्य वजेट लगतै बढेर ९० रुपैया पुगेको बताए । चाउचाउ, विस्कुट, पिठो, मैदा, दाल, मसला आदि सबैको मुल्यमा बृद्धि भएको बताउदै अर्का खुद्रा व्यापारी लक्ष्मि खड्काले भने– ‘मुल्य नबढेको कुनै सामान नै छैन । कुन सामानको मुल्य कति बढ्यो भन्ने मात्र हो । सबै सामानको मुल्य बढेकै छ’ । बजेट भाषण लगत पहाडी जिल्लामा सामानको मुल्य अस्वभाविक रुपमा मुल्य वृद्धि भएपछि उपभोक्ताहरु मारमा परेका छन । दैनिक उपभोग्य सामानको मुल्य आकासिएपछि न्युन आए भएका सर्वसाधरणहरु चुल्हो बाल्न सकस भैरहेको बताउँछन ।
व्यापारीले मनपरी ढंगले मुल्य बढाएको र नियन्त्रण गर्ने निकाय पनि मौन रहेको बताउदै नागरिक समाजका अगुवा धर्मजंग बहादुर सिहँले ‘सबै मिलेरै बढाएका होलान, नभए यसरी मनपरी मुल्य बढाउँदा किन कारबाही भएन त ?’ उनले एक महिनाको समया अवधिमा बढेको सामानको मुल्य सुनाउदै भने– ‘खानेतेल लिटरमा १५ देखि २० रुपैया बढेको छ, चिनी, दाल, पिठो तरकारी लगायतका अन्य सामानको बजार भाउ किलोमा ५ देखि १० रुपैयासम्म बढेको छ ।’ सरकारले बजेट भाषण मार्फत विभिन्न बस्तुहरुमा करको दर बढाउने भनेपछि व्यापारीहरुले मुल्य वृद्धि गरेको बताउँछन । मुल्य बृद्धीको असर जिल्लाको सदरमुकाम भन्दा ग्रामीण क्षेत्रका बजारमा झन चर्काे छ । बझाङको वित्थड, देउलेक, बागथला, विजगडा, झोता, झनाना, मौरीबगर, तमैल, रुपतोला, तल्कोट लगायतका ग्रामिण क्षेत्रका बजारहरुमा पनि सदरमुकामको भन्दा निकै नै चर्काे मुल्य असुल गरेर सामान विक्री भैरहेको उपभोक्ताहरुको भनाई छ । व्यापारीहरुले पहिले नै खरिद गरेको सामानमा कालोबजारी गरेर मुल्य बृद्धि गरेको गुनासो स्थानीयहरुको छ । ‘रातारात कसरी मुल्य बृद्धी हुन्छ ?’ चैनपुरका एक उपभोक्ता चक्र बोहराले भने ‘पहिले नै ल्याएर गोदाममा राखेको सामानमा कालो बजारी भैरहेको छ । यो सरासर ठगी हो’ उनले मदिरा र सुर्तिजन्य उत्पादनहरुमा ५० प्रतिशत भन्दा बढी मुल्य बृद्धि भएको बताउदै व्यापारीहरुले बेइमानी गरिरहेको आरोप लगाए । उनले भने ‘बजेटको कारणले बढेको भए साउनबाट बढ्नु पर्ने , भाषण हुने वित्तिकै मुल्यबृद्धि हुने भन्ने पनि हुन्छ र ?’
बजेट भाषण भए लगतै सबै सामानको मुल्य बृद्धी भएर आएकोले आफुहरुले बढेको मुल्यमा सामान विक्री गरेको थोक व्यापारीहरु बताउछन । तलबाट बढेर आएका कारण आफुहरुले सोही मुल्यमा सामान विक्री गरेको बझाङका एक थोक विक्रेता जगत मल्लले बताए । त्यहाका बजारमा धनगढी, महेन्द्रनगर, अत्तरिया, नेपालगञ्जबाट सामान आउने गरेको छ । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाए पछि ढुवानी भाडा पनि बढेका कारण सामानको मुल्यबृद्धी भएको व्यापारीहरुको तर्क छ । बजार मुल्यले आकास छुन थाले पनि यसको नियन्त्रणको जिम्मा लिएका निकायहरु भने आफुहरु कहा“ गुनासो नै नआएको बताउँछन । ‘अहिलेसम्म लिखित रुपमा बजारमा बस्तुको मूल्य बढ्यो भनेर उजुरी आएको छैन’ । सहायक प्रमुख जिल्ला अधिकारी टेक सिंह कुवंरले महंगी बढेको विषयमा निकै नै गुनासो आएको बताउदै तत्काल अनुगमन गर्ने तयारी भैरहेको बताए ।