गोदावरी नगरपालिकाको ४ सय बढी योजना सम्झौता हुन वाँकी (अडियो रिर्पोट)
आर्थिक वर्ष सकिन दुई महिना वाँकी रहँदा कैलालीको गोदावरी नगरपालिकामा झण्डै ४ सय विकास निर्माणका योजनाहरु सम्झौता हुन वाँकी रहेको छ । ९ सय वढी विकासका योजना रहेको गोदावरी नगरपालिकाले अहिलेसम्म ४ सय योजनाहरु सम्झौता गर्न वाँकी रहेको छ। हालै २ सय वढी योजनाहरु सम्झौता गरिएको छ। ठुला योजनाहरु सुरु र निर्माणाधीन अवस्थामा रहँदा ३ सय टाक्रेटुक्रे योजनाहरु भने सम्पन्न भएका छन्।
झण्डै ५ करोड वढी विकास वजेट रहेको गोदावरी नगरपालिकाले आधाको हाराहारीमा योजनाहरुलाई कार्यान्वयनको चरणमा लैजान नसकेको हो। ९ सय वढी योजनामा ४ सय योजनाहरु आर्थिक वर्ष सकिन दुई महिना वाँकी रहँदा सम्झौताको चरणमा नगएका हुन्। पुर्वाधार विकासका लागि दुई सय वढी योजनाहरु सम्झौता सम्पन्न भएर अव कार्यान्वयनको चरणमा गईरहेका छन।
तर चालु आर्थिक वर्षभित्रै विकास निर्माणका योजनाहरु सम्पन्न गराउने गोदावरी नगरपालिकाका मेयर हरि सिंह साउँदले दावी गरे। नगरपालिकाको शहरी विकास शाखालाई अहिले विकास वजेट सिद्धाउने भ्याई नभ्याई छ। कार्यान्वयनमा रहेका ठुला योजनाहरुलाई सम्पन्न गराउनका लागि दौडधुप वढेको छ। ठुला योजनाहरुलाई नै वढी प्राथमिकता दिएर काम गरिरहेको नगरपालिकाका ईन्जिजिनियर रुद्रवहादुर वोगटीले बताए।