सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली उद्योग वाणिज्य संघको निर्वाचनलाई लक्षित गर्दै धमाधम नक्कली सदस्यता वनार्ईदैं

२०७४ चैत्र २३, ०७:०६

कैलाली उद्योग वाणिज्य संघको निर्वाचनलाई लक्षित गर्दै नक्कली सदस्यता वनाउने चलखेल भएको छ । आगामी वैशाख २२ गते हुने उद्योग वाणिज्य संघको निर्वाचनका लागि उम्मेदवारी दिने तयारीमा रहेका व्यवसायीहरुले नक्कली व्यवसायी वनाएका हुन । चुनावमा जित्नका लागि आफु निकटका व्यक्ती, कामदार र समर्थकहरुको नाममा विभिन्न व्यवसाय गरिरहेको ईजाजत सरकारी निकायवाट लिएर कैलाली उद्योग उद्योग वाणिज्य संघको सदस्य वनाईएको हो । नयाँ सदस्य हुन पाउने समय सकिएको दिन चैत १४ गते र १३ गते गरी दुई दिनमा मात्रै कैलाली उद्योग वाणिज्य संघमा ९ सय वढी सदस्यहरु थपिएका छन  । 

 

झण्डै ९ हजार सदस्य रहेको कैलाली उद्योग वाणिज्य संघको नयाँ सदस्य वनाईएकामध्ये ९० प्रतिशत नक्कली व्यवसायी रहेका छन । चैतको १३ र १४ गते मात्रै ९ सयभन्दा वढीले नयाँ सदस्य वनाउन निवेदन दिएपछि नक्कली सदस्यहरुको संख्या वढ्दै गएको छ । नयाँ नेतृत्व चयनका लागि हुनगईरहेको निर्वाचनलाई लक्षित गर्दै संघका पदाधिकारीहरुले आफु नजिकका, कर्मचारी र समर्थकहरुका नाममा दर्जनौ व्यवसाय गरिरहेको भन्दै उनीहरुलाई संघको सदस्यता दिलाएर चुनावमा दावेदारी दिने चलखेल गरेका हुन ।

 

यस अघि भएका निर्वाचनमा पनि वास्तविक भन्दापनि गैर व्यवसायीलाई नक्कली सदस्य वनाएर चुनाव जित्दै आएका पदाधिकारीहरुले अहिले पनि त्यसलाई निरन्तरता दिएका हुन । चुनाव जित्नका लागि धनगढीका विभिन्न वडाहरुको ईजाजत दिएर एकै दिन एकै व्यक्तीको नाममा धेरै व्यवसाय गरिरहेको स्वीकृति लिएर लिएर नक्कली सदस्य बनाईएको व्यवसायी जयराज न्यौपानेले वताए । 

 

सवैभन्दा वढी धनगढी उपमहानगरपालिका विभिन्न वडाहरुवाट व्यवसाय दर्ता गरेर संघको सदस्य वनेका छन । वडा कार्यालयहरुले व्यवसाय गरिरहेको वा नगरिएको वारेमा कुनै अनुगमन नगरेरै राजश्व पाउने आशामा गैर व्यवसायीलाई व्यवसाय गरिरहेको स्वीकृति दिईएको छ । तर व्यवसाय गर्नका लागि आन्तरिक राजश्व कार्यालयमा पनि पान नम्वर लिनुपर्ने र वाणिज्य कार्यालयमा दर्ता हुनुपर्नेमा चुनावकै लागि मात्रै नक्कली सदस्य वनाउँदा सरकारले पाउने राजश्व पनि पाउन सकेको छैन । व्यवसायीहरुलाई करको दायरामा ल्याउनुको सट्टा आफै मोटो रकम तिरेर चुनावमा उठ्ने तयारीमा रहेका व्यवसायीहरु व्यवसायीको साझा संस्थामा गैरव्यवसायीको हालीमुहाली गराईरहेको व्यवसायी जयराज न्यौपानेको भनाई छ । 
 
कैलाली उद्योग वाणिज्य संघको सदस्य हुनका लागि कुनै पनि सरकारी निकायले स्वीकृति दिएको हुनुपर्ने कुरा विधानमा लेखिएका कारण चुनाव लड्ने तयारीमा रहेका पदाधिकारीहरुले त्यसको फाईदा उठाउँदै नक्कली सदस्यहरु वनाईरहेका हुन् । विधानमा भएको वुँदालाई टेकेर सदस्यहरु थपिरहेको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष शंकर वोगटीले दावी गरे । 

वैशाख २२ गतेका लागि तोकिएको साधारण सभाले नयाँ नेतृत्व चयन गर्ने भएकोले चुनावमा उठ्ने व्यवसायीहरुले आफ्नो निहित स्वार्थका लागि गैर व्यवसायीलाई नक्कली सदस्य वनाएका हुन । गैर व्यवसायी सदस्यहरुको संख्या वढ्दै जाँदा वास्तविक व्यवसायीहरु त्यसको मारमा पर्दै आएका छन । वास्तविक व्यवसायीहरुभन्दा गैर व्यवसायीहरुको संख्या ठुलो वन्दै जाँदा कैलाली उद्योग वाणिज्य संघको कस्को संस्था हो भन्ने चर्चा परिचर्चा पनि भईरहेको छ ।

कमेन्ट लोड गर्नुस