सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका विषयगत कार्यालयलाई पनि असार मसान्त बजेट सक्ने मेसो (भिडियो रिर्पोट सहित )

२०७५ असार ३१, ०७:१३

कैलालीका सरकारी कार्यालयलाई पनि असार मसान्तको चटारोले छोएको छ । विकासे अड्डाहरुलाई असारे विकासले छोएका बेला असार मसान्त सरकारी कार्यालयहरुका लागि चालुतर्फको बजेट सिध्याउने मेसो बनेको छ । कर्मचारीहरुलाई अहिले सभा, गोष्ठी र अनुगगमनका कार्यक्रम सञ्चालन गरी बजेट सिध्याउन भ्याई नभ्याई भईरहेको छ । शनिबार समेत कैलालीका विषयगत कार्यालय खुलै रहे भने उनीहरुलाई बजेटको हिसाबकिताबमै समय ठिक्क बनिरहेको छ ।  

विकासे कार्यालयहरुमा कामको प्रगति बुझाउने, भुक्तानी लिनेहरुको घुईचो लागिरहेका बेला विषयगत कार्यालयमा त्यसको ठिक विपरीत कार्यालयमा कर्मचारी भेटाउनै मुस्कील भईरहेको  छ । मसान्त सकिने बेला विषयगत कार्यालयका कर्मचारीहरु विभिन्न सभा, गोष्ठी र अनुगमनका कार्यक्रम गरी बजेट सक्न केन्द्रीत भएपछि यस्तो अवस्था आएको हो ।  जिल्ला जनस्वास्थ्य कार्यालयले असारमा मात्र विभिन्न सभा, गोष्ठी तथा तालिम सञ्चालन गरेर ११ लाख बजेट सिध्याएको छ भने अनुगमनमा ६० हजार बजेट सकेको छ ।  

जनस्वास्थ्य कार्यालय जस्तै कैलालीका अन्य विषयगत कार्यालयले पनि विभिन्न सभा, सेमीनार, गोष्ठी र अनुगमनमा असारमा मात्र लाखौँको बजेट सिध्याएका छन् भने कर्मचारीहरु सभा सेमीनारमै व्यस्त हुँदा कार्यालयमा भेट्न मुस्किल भईरहेको छ । जिल्ला कृषि विकास कार्यालयले पनि विभिन्न सभा, गोष्ठी र अनुगमनमै १३ लाख ३३ हजार बढी बजेट सिध्याएको छ ।

कार्यालयले कृषि प्रसार कार्यक्रम अन्र्तगत अनुगमन मुल्याङ्कनमा सबैभन्दा बढी ८ लाख २७ हजार बजेट खर्च गरेको छ भने प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्र्तगत सीप विकास, जनचेतनामुलक तालिम र गोष्ठीमा २ लाख ३० हजार, एकिकृत जलस्रोत व्यवस्थापन आयोजनाको सोही शिर्षकमा २० हजार र अनुगमन मुल्याङ्कनमा १ लाख बजेट सकेको छ । साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाको सीप विकास र जनचेतनामुलक तालिम र गोष्ठीमा १ लाख तथा अनुगमन मुल्याङ्कनमा १ लाख ५० हजार बजेट सिध्याएको छ ।    

कमेन्ट लोड गर्नुस