सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलारी गाउँपालिकाद्वारा तालिमका लागि आफु निकटका संघ सस्थाहरुलाई ७० लाख वितरण

२०७५ वैशाख ७, ०६:४६

आर्थिक बर्षको उत्तरार्धमा कैलाली जिल्लाको कैलारी गाउँपालिकालाई बजेट सक्ने चटारो लागेको छ । गाउँपालिकाले लक्षित बर्ग र अन्य विविध कार्यक्रमका नाममा ठुलो रकम विभिन्न संघ सस्थाहरुलाई वितरण गरेको छ । गाउँपालिकाले बर्ष भरीकालागि अनुमान गरेको चालु तर्फको बजेट सेवा सुविधा र अन्य प्रशासनीक काममा खर्च गर्दै ८ महिनामै सकेका बेला अहिले लक्षित बर्गका योजना लागु गर्ने भन्दै आसेपासे कार्यकर्ताकै विभिन्न संघ सस्थाहरुलाई झण्डै ७० लाख वितरण गरीएको छ । 

आर्थिक बर्षको तीन महिना मात्रै बाँकी रहेका बेला विकास तर्फको १६ करोड भन्दा बढि खर्च गर्न बाँकी राखेको कैलारी गाउँपालिकाले तालिम गोष्ठीकालागि मात्रै विभिन्न संघ सस्थाहरुलाई ७० लाख वितरण गरेको हो । बाख्रापालन, तरकारी खेती, सिलाईकटाई लगायतका विभिन्न तालिम सञ्चालनका लागि दर्जन बढि संघसस्थाहरुलाई ७० लाख वितरण गरीएको हो ।

गाउँपालिकाले डेढ लाखदेखि साढे ११ लाख सम्म तालिमकालागि मात्रै विभिन्न संघ सस्थाहरुलाई रकम बाडेको छ । सुचना प्रकासन गरी प्रतिस्पर्धाको आधारमा संघ सस्थाहरु छनौट गरीएको कैलारी गाउँपालिकाका कार्यकारी अधिकृत धर्मानन्द भट्टले बताए । 
कैलारी गाउँपालिकाले पञ्चबर्षिय आवधीक योजना निर्माणकालागि भन्दै डेभलपमेन्ट ट्रेनीङ सेन्टरलाई ११ लाख ३६ हजार रकम दिएको छ । सोही सस्थालाई बालबालीकाको प्रोफाईल तयार पार्नकालागि भन्दै ४ लाख ९७ हजार रकम दिएको छ ।

 

यस्तै सिलाई कटाई तालिमकालागि जिवनकालागि सिप नामको सस्थालाई ७ लाख २० हजार तथा सोही सस्थालाई प्लम्वीङ  तालिमका लागि १ लाख ८७ हजार रकम गाउँपालिकाले बाडेको छ । सिलाई कटाई तालिमकैलागि समाज विकासकालागि गतिसिलता नामको अर्को सस्थालाई ५ लाख ९७ हजार रकम दिएको छ ।

यस्तै दुना टपरी तालिमकालागि सामाजीक विकास सहकार्य परियोजनालाई ४ लाख ७७ हजार, तरकारी खेती तालिमकालागि सृजनसिल विकास केन्द्रलाई ३ लाख, सामाजीक कल्याण सहायता संगठनलाई ३ लाख ३१ हजार, होजीयारी तालिमकालागि फारवेष्ट टेक्नीकल एजुकेशन ट्रेनीङ सेन्टरलाई ४ लाख ९६ हजार रकम दिएको छ ।

 

अन्य विभिन्न तालिमकैलागि गाउँपालिकाले लाखौ रकम विभिन्न संघ सस्थाहरुलाई वितरण गरेको छ । एउटै तालिमकालागि २ छुट्टा छुट्ट सस्था पनि छनौट गरीएको छ भने छुट्टा छुट्टै २ वटा तालीमका लागि एउटै सस्था पनि छनौट गरीएको छ ।

जस्ले गर्दा विभिन्न कार्यक्रम पाएका संघसस्थाहरु आसेपासे कार्यकर्ताकै रहेको पनि आरोप लागेको छ । विगतमा स्थानीय निकाय हुँदा महिला, बालबालीका र पिछडीएका समुदायको उत्थानकालागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने भन्दै ति कार्यक्रम पाउनेमा कर्मचारीका आसेपासे सस्थाहरुको हालीमुहाली थियो ।

यसपालीदेखि त्यस्ता कार्यक्रमहरु जनप्रतिनिधिका आफन्त रहेका सस्थाहरुले मात्रै पाईरहेका छन् । ति सस्थाबाट जनप्रतिनिधिहरुले पनि कमिसन पाउने भएकाले यस्तो गरीएको आरोप पनि लाग्ने गरेको छ । 

कमेन्ट लोड गर्नुस