एक विद्यार्थी एक खाता अभियानको सुरुवात
कैलाली बहुमुखि क्याम्पसमा बैंक सेवा
कैलाली बहुमुखी क्याम्पसको परिसरमा बैङ्किङ सेवा सुरु भएको छ । कृषि विकास बैंक लिमिटेडले कैलाली बहुमुखि क्याम्पससको परिसरमा बैङ्किङ सेवा सुरु गरेको हो । कृषि विकास बैंक क्याम्पस चौक शाखाका प्रवन्धक जगदिश पन्त, क्याम्पस प्रशासन र क्याम्पसको स्ववीयु कमिटीको पहलमा क्याम्पसमै सेवा सुचारु गरिएको हो ।
कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रसाश सिटौलाले सेवाको उद्धघाटन गरे । उनले कैलाली बहुमुखी क्याम्पसका विद्यार्थी तथा शिक्षकहरुलाई निःशुल्क खाता सञ्चालन, एटिएम सेवा र मोवाईल सेवा एक्टेशन काउन्टरबाट दिन निर्देशन दिए ।
कैलाली बहुमुखी क्याम्पसका विद्यार्थी, प्राध्यापक, उप–प्राध्यापक र क्याम्पस प्रशासनलाई सेवा दिने उदेश्यले कृषि विकास बैंकले सेवा सुरु गरेको कृषि विकास बैंक क्याम्पस चौक शाखाका प्रवन्धक जगदिस पन्तले बताए ।
यस्तै आजैदेखि एक विद्यार्थी एक खाता अभियानको समेत सुरुवात गरीएको छ । कैलाली बहुमुखी क्याम्पस स्ववियु उप—सभापती पर्वत चौधरीलाई खाता खोल्न आवश्यक बैङ्कका भौचर हस्तान्तरण गरि अभियानको सुरुवात गरिएको कृषि विकास बैंक क्याम्पस चौक शाखाका प्रवन्धक पन्तले बताए ।
कैलाली बहुमुखी क्याम्पसमा १० हजार बढी विद्यार्थी रहेकोमा पाँच हजार बढीको खाता सञ्चालन गर्न सकिने स्ववीयु सचिब कृष्ण राकायाले बताए ।