ईन्टरनेट प्रदायक नेट म्याक्सको सेवा धनगढीमा

इन्टरनेट सेवा प्रदायक कम्पनी नेट म्याक्स टेक्नोलोजीले धनगढीमा पनि सेवा विस्तार गरेको छ । विगत ८ वर्षदेखि ईन्टरनेट सेवा दिदै आएको नेट म्याक्सले प्रदेश नम्वर ७ को अस्थायी राजधानी धनगढीमा सेवा सुरु गरेको हो ।
यस अघि काठमाडौँ, भक्तपुर र ललितपुरमा मात्रै सेवा प्रदान गर्दै आइरहेको नेट म्याक्सले अत्याधुनिक प्रविधि सहितको तिव्र गतिको ईन्टरनेट सेवा विस्तार गरेको हो । कर्पोरेट र घरलाई लक्षित गरी विभिन्न अफरहरु ग्राहकलाई दिईरहेको नेट म्याक्सले जनाएकोछ । न्यूनतम मूल्यमा उच्चस्तरीय सेवा प्रदान गरिने कम्पनीको दावी छ ।
अप्टीकल फाईवर र वायरलेस प्रविधिबाट द्रुत गतिको ईन्टरनेट सेवा उपलब्ध गराइरहेको नेट म्याक्सका प्रमुख कार्यकारी निर्देशक नरेश चन्दले जानकारी दिए ।




