सुदूर नेपाललाई विश्वसँग जोड्दै

आठ क्वीन्टल यार्सागुम्वा निकासी हुने

२०७५ वैशाख २६, ०७:२०

दार्चुला अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले यस वर्ष आठ सय २० किलोग्राम यार्सागुम्बा निकासी गर्ने गरी कार्ययोजना स्वीकृत गराएको छ । गत वर्ष निर्धारण गरिएको लक्ष्यभन्दा बढि यार्सागुम्बा उत्पादन भएपछि यस पटक निकासी दर बढाएको हो । यार्सागुम्बा व्यवस्थापन तथा संकलन तथा ओसारपसार निर्देशिका अनुसार गतवर्ष जिल्लाबाट ६ सय ९३ किलोग्राम यार्सागुम्बा निकासीको लागि मात्रै अनुमति थियो । तर यार्सागुम्बा १ सय ५० किलोग्राम थप आएको थियो । 

थपिएको यार्सागुम्बा व्यापारीले चोरी निकासी गरेका थिए । जसको कारण अपि नाम्पा संरक्षण क्षेत्रले ३७ लाख ५० हजार रुपैयाँ राजश्व गुमाएको थियो । अन्तिम समयमा आएर यार्सागुम्बा बढि संकलन भएपछि निकासी पैठारी गर्न नसकिएको अपि नाम्पा संरक्षण क्षेत्रले जनाएको छ । 
 

कमेन्ट लोड गर्नुस