सुदूर नेपाललाई विश्वसँग जोड्दै

असारे विकासको चटारोः असारमा २६ प्रतिशत बजेट खर्च, शनिबार मात्र १४ करोड निकासा

२०७५ असार ३१, १२:३६

आर्थिक वर्षको अन्त्यमा मात्रै तात्ने कैलालीका विकासे अड्डाहरु असार सकिने बेला दैनिकी करोडाँै बजेट सिध्याउन थालेका छन्। कोष तथा लेखा नियन्त्रण कार्यालय कैलालीले विकासे कार्यालयलाई शनिबार मात्र १४ करोड ८३ लाख बजेट भुक्तानी गरेको छ । कार्यालयका कोष नियन्त्रणक मदनराज पाण्डेयले शनिबार १४ करोड ८३ लाख बजेट भुक्तानी भएको जानकारी दिए। असार लागे यता दैनिक करोडाँै बजेट भुक्तानी भएपनि अबौँको विकास बजेट फ्रिज जाने देखिएको छ। कैलालीका विकासे अड्डाहरुले २६ प्रतिशत विकास बजेट असारमा सकेका छन्। अहिलेसम्म विकास बजेटको खर्च अवस्था हेर्दा जम्मा खर्चको २६ प्रतिशत असारमा मात्रै खर्च भएको देखिएको छ। अहिले सम्म ४ अर्व ८८ करोड खर्च भएकोमा असारमा मात्रै १ अर्व १८ करोड विकास बजेट खर्च भएको छ। 
बर्षभरी विकास निर्माणका योजनामा चाँसो समेत नराख्ने विकासे अड्डाहरुलाई असारमा त सार्वजनीक विदाले समेत छोएको छैन्। शनिबार कैलालीका अधिकांश सरकारी कार्यालय खुलै रहे भने कोष तथा लेखा नियन्त्रण कार्यालयले पनि विकासे कार्यालयले पेस गरेको विवरणका आधारमा भुक्तानी दियो। असार २५ यता ५ दिनको अवधिमा मात्रै कैलालीमा ४३ करोड विकास बजेट खर्च भएको छ। 
कोष तथा लेखा नियन्त्रण कार्यालय कैलालीका अनुसार असार २६ गते ९ करोड, २७ गते ३ करोड, २८ गते १२ करोड ५५ लाख, २९ गते ५ करोड ४२ लाख र शनिबार १४ करोड ८३ लाख गरी ३३ करोड बजेट खर्च भएको  कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ। 
६ अर्व १३ करोड विकास बजेट रहेको कैलालीमा शनिबारसम्म कुल बजेटको ८० प्रतिशत अर्थात ४ अर्ब ८८ करोड रकम खर्च भएको छ। वर्षभरी काम नगर्ने तर आर्थिक वर्षको अन्तमा आएर मात्र योजना कार्यान्वयनमा केन्दि¬्रत हुने विगतको परिपाटी जारी हँुदा असारमा विकासे अड्डाहरुलाई भ्याई नभ्याई भएको हो। तर पनि १ अर्बभन्दा बढि विकास बजेट फ्रिज जाने देखिएको छ। 
 

कमेन्ट लोड गर्नुस