असारमा मात्रै ७५ करोड रकम भुक्तानी, दैनिक ३ करोडभन्दा वढी रकम खर्च गरिदै (भिडियो रिर्पोट सहित)
असारे विकासका नाममा करोडौ वजेट सिद्धाईदै
कैलालीका विकास कार्यालयहरु असारे विकासका नाममा करोडौ वजेट सिद्धाउँने कामले तिव्रता पाएको छ । आर्थिकवर्ष सकिन एक साता वाँकी रहेको वेला अन्तिम महिनामा दिनमा करोडौ विकास वजेट भुक्तानी भईरहेको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय कैलालीका अनुसार दैनिक ३ करोडभन्दा वढी भुक्तानी भईरहेको छ । असार यता मात्रै सरकारी कार्यालयहरुलाई ७५ करोड भुक्तानी दिईएको छ ।
करोडौं बजेटका सरकारी आयोजनाले बजेट हतारमा सकाउन ‘असारे विकास’ लाई तिव्रता दिएका वेला असार यता दैनिक ३ करोडभन्दा वढी भुक्तानी हुँदै आएको छ । विभिन्न कार्यालय मातहतका सिँचाइ, सडक, पुल, खानेपानी, मर्मत सम्भार लगायत निर्माण कार्य हतार–हतारमा काम गर्दै करौडौ रकम सिद्धाउने प्रवृतिमा सुधार आउन नसकेको हो । कैलालीका सरकारी कार्यालयहरुले वैशाखदेखि असारको अहिलेसम्म ३८ प्रतिशत विकास वजेट सिद्धाएका छन । कैलालीका जिल्लाको कुल विकास वजेट ५ अर्व ९९ करोडमध्ये आर्थिक वर्षको अन्तिम तीन महिनामा एक अर्व ४६ करोड रकम सिद्धाईएको कोष तथा लेखा नियन्त्रण कार्यालय कैलालीका कोष नियन्त्रण मदनराज पाण्डेयले वताए ।
आर्थिक वर्ष ०७४÷७५ को सुरुदेखि नै थालनी गर्नुपर्ने विकास आयोजना अन्तिम समयमा तयारी गर्ने परम्परालाई यसपाली पनि सुधार गरिएको छैन् । विभिन्न स्थानीय तह र विकास कार्यालयहरुले पनि आफ्नो क्षेत्रमा असारे विकासको कार्यक्रम हतारमा गर्दै दिनमै करोडौ रकम निकासा लिईरहेका छन । असार महिनामा मात्रै ७५ करोड रकम भुक्तानी दिईएकोमा शहरी विकास तथा भवन निर्माण डिभिजनक कार्यालयले मात्रै २६ करोड रकमक निकासा लिएको छ । अन्य कार्यालयहरुले पनि दिनमा करोडौ रकम लिईरहेको कोष तथा लेखा नियन्त्रण कार्यालय कैलालीका मुख्य कोष नियन्त्रक लक्ष्मीराज जोशीले जानकारी दिए ।
वर्षभरमा सक्नुपर्ने विकास आयोजना आर्थिक वर्षको अन्तिम समयमा आएर हतारमा सक्ने र फाइदा लुट्ने प्रवृत्तिलाई प्रशासन क्षेत्रमा ‘असारे विकास’ ले परिचित छ । केन्द्रीय आयोजनादेखि स्थानीय तहका विभिन्न विकास निर्माण कार्य हतारहतारमा अघि बढाउने क्रम भईरहेको छ । तर शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय कैलालीका प्रमुख रविन्द्र वोहोराले काम पहिले भएर पनि असारमै भुक्तानी लिने गर्दा वढी देखिएको हो ।
विकास आयोजना समयमै गुणस्तरीय किसिमले सम्पन्न नहुने र हतारमा काम गर्ने प्रवृत्ति यथावत् रहेको छ । वर्षौंदेखिको यो प्रवृत्ति यस पटक पनि दोहोरिएको छ । कतिपय कार्यालयहरुलाई असारमै थप वजेट आएपछि कामगर्न भ्याई नभ्याई छ । धेरै योजनाहरु भएका कारण असारमा सवै जनाले तिव्रताका साथ काम गरेर भुक्तानी लिने गरेकोले वढी रकम असारमै खर्च भएको देखिने खानेपानी डिभिजन कार्यालय कैलालीका प्रमुख नारायण काफ्लेको भनाई छ ।