सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीको आर्दशमा एक जनाको  घरमा आगलागीबाट ७ लाखको क्षति

२०८१ वैशाख २४, ०६:१५ खबर संवाददाता

डोटीः डोटीमा एक जनाको घरमा आगलागी भएको छ। जिल्लाको आदर्श गाउँपालिका–३ भकुण्डाका तुलाराम भट्टको घरमा आगलागी भएको हो।

२ तले ४ कोठे ढुङ्गामाटो, काठले बनेको पत्थरले छाएको घरमा गोठको बाहिर आंगनमा बालेको आगोबाट आगलागी भएको हो। आगलागीबाट २ वटा गोरु, १ वटा गाई र २ वटा बाख्रा जलेर मरेका छन्।

साथै घरभित्र रहेका खाद्यान्न, लत्ताकपडा,भाडा बर्तन लगायतका सामानहरु जलि अन्दाजी ७ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय डोेटीले जनाएको छ। स्थानियको सहयोगमा आगलागी नियन्त्रणमा लिईएको हो। घटनाका बारेमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।
 

कमेन्ट लोड गर्नुस