सुदूर नेपाललाई विश्वसँग जोड्दै

कर्णाली नदीमा एक जना बेपत्ता

२०८१ वैशाख २०, ०४:१६

धनगढी : कर्णाली नदीमा एक जना बेपत्ता भएका छन्। कैलालीको मोहन्याल गाउँपालिका–७ का ५५ वर्षीय दिलबहादुर शाही कर्णाली नदीमा बेपत्ता भएका हुन्।

प्रहरीका अनुसार कर्णाली नदीमा नुहाउने क्रममा उनी बेपत्ता भएका छन्। इलाका प्रहरी कार्यालय, चिसापानीको टोलीले उनको खोजी सुरु गरेको छ। बिहिवार दिउँसो १२ बजेर ४० मिनेट तिर उनी नदीमा बेपत्ता भएका हुन्। उनी चिसापानी पुलदेखि ७ किलोमिटर उत्तर क्षेत्रको कर्णाली नदीमा बेपत्ता भएका प्रहरीले बताएको छ।

 

कमेन्ट लोड गर्नुस