सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको साइमा ब्रिज कोर्षले गर्‍यो सडक सरसफाइ

२०८१ वैशाख १७, १०:५८ खबर संवाददाता

धनगढीः धनगढी–५ हसनपुरमा रहेको साइमा ब्रिज कोर्षले सडक सरसफाइ गरेको छ। शनिवार बिहान डीभोटी चोकदेखि नैनादेवी चोकसम्म सडकमा सरसफाइ गरिएको हो। ब्रिज कोर्ष अध्ययन गरिरहेका विद्यार्थीहरूका लागि अभिमुखीकरण गरिएको हो।

शुक्रवार भएको अभिमुखीकरण पश्चात् साइमाले सडक सरसफाइ गरेको हो। उपमहानगरपालिकाद्वारा चलाइएको 'सफा धनगढी अभियान' को हिस्सा बन्न सडक सरसफाइ गरिएको सञ्चालक प्रभास भट्टले बताए। 'फोहरमैलाको वर्गीकरण र उचित व्यवस्थापन गर्न उपमहानगरले चलाएको अभियानमा आफू जोडिन र अरूलाई पनि जोड्न विद्यार्थीहरूलाई आग्रह गरेका थियौँ। विद्यार्थीहरूले आग्रह स्वीकार गर्दै सडक सफाइ गरेका हुन्,' भट्टले भने।

विद्यार्थीहरुले धनगढी उपमहानगरपालिकासँग समन्वय गर्दै “हाम्रो धनगढी सफा धनगढी“ अभियानमा जोडिएर सरसफाइ अभिमुखीकरण तालिम लिए पश्चात् १०–१० जनाको विभिन्न समूह बनाइ धनगढी–५, हसनपुर नेपाल राष्ट्र बैंकको चोकदेखि नैनादेवी चोकसम्म नकुहिने फोहोर संकलन गरि स्वच्छ र सफा धनगढी बनाउन योगदान पु¥याएको भट्टले बताए। धेरे फोहार संकलन गर्ने समुहलाई विजेता घोषणा गरि पुरस्कार स्वरुप १० जनालाई डस्टबिन प्रदान गरिएको थियो।

कमेन्ट लोड गर्नुस