सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङ छविसपाथिभेराबाट माओवादीलाई चार गुणा बढी मत

२०८१ वैशाख १६, ०६:२९ खबर संवाददाता

धनगढीः बझाङ उपनिर्वाचनको मतगणना जारी छ।

जिल्लाको छबिसपाथिभेरा गाउँपालिकाबाट मत गणना सुरु गरिएको छ। वडा नम्बर ६ को मतगणना सकिएको छ। सो वडामा सबैभन्दा धेरै मत माओवादी उम्मेदवार जनक बुढाले पाएका छन्। ७३६ मत गणना गर्दा माओवादी उम्मेदवार बुढा ४४९ मत पाएका छन्। त्यसपछि कांग्रेस उम्मेदवार अभिषेक सिंह छन्।

उनले ११५ र एमाले उम्मेदवार दमन भण्डारीले १०१ मत पाएका छन्। नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ५७ तथा राप्रपाका किशोर खड्काले सो वडाबाट ४ मत मात्र पाएका छन्। माओवादी उम्मेदवार बुढाले सर्वाधिक मत पाएको वडा नम्बर ६ मा यसअघि स्थानीय तहमा पनि माओवादीका गजेन्द्रबहादुर बुढा विजयी भएका थिए।

उनले ७८० मत पाएका थिए। एमाले उम्मेदवारले चार वडामा गरि एक हजार ३०२ मत पाउँदा कांग्रेस उम्मेदवारले चार वडामा ६५६ मत प्राप्त गरेका छन्। यो समाचार तयार पार्दासम्म छबिसपाथिभेरा गाउँपालिका वडा नम्वर १, २, ३, ४, ५ र ६ को मतगणना सकिएको छ। अहिलेसम्म दोस्रो स्थानमा रहेको कांग्रेस तेस्रोमा झरेको छ। 

माओवादी दोस्रोमा उक्लिएको छ। ६ वटा वडाको मतगणना सकिँदा एमाले उम्मेदवार दमनबहादुर भण्डारी १ हजार ५९२ पाएका छन्। माओवादी उम्मेदवार जनक बुढाले एक हजार मत ल्याएका छन्। कांग्रेस उम्मेदवार अभिषेकबहादुर सिंहले ९५५ मत पाएका छन्।

नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ५७७ र राप्रपाका किशोर खड्काले २० मत मात्र पाएका छन्। शनिबार भएको उपनिर्वाचनमा बझाङमा ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार ३२८ मत खसेको थियो। प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार प्रतिस्पर्धामा छन्।

कमेन्ट लोड गर्नुस