सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङ उपनिर्वाचन अपडेटः चार सय मत गणना

२०८१ वैशाख १६, ०३:४५

 बझाङः बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको मतदानको मतगणना सुरु भएको छ।

छविसपाथिभेरा गाउँपालिका–२ सरस्वती मावि मतदान केन्द्रको चार सय मतगणनामा नेपाल कम्युनिष्ट पार्टी एमाले का दमनबहादुर भण्डारीले एक सय ५७ मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले एक सय ३२ मत प्राप्त गर्नुभएको छ। 

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका दिलबहादुर सिंहले ५१ र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका जनकबहादुर बुढाले ४७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका किशोर खड्काले एक मत प्राप्त गर्नुभएको छ। 
 

कमेन्ट लोड गर्नुस