सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा मतगणना सुरु

२०८१ वैशाख १६, ०२:१२ खबर संवाददाता

धनगढीः बझाङमा मतगणना सुरु भएको छ। बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा (क) मा शनिवार भएको उपनिर्वाचनको मतगणना सुरु भएको हो।

बझाङ क्षेत्र नम्बर १ मा कुल ६१ हजार ७ सय ४८ मतदाता रहेकोमा ३० हजार ३ सय २८ जनाले मात्रै मतदान गरेका छन्। जिल्लाका ७४ वटै मतदान स्थल र ९३ मतदान केन्द्रमा शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको छ। आइतवार दिउँसो १ बजेबाट मतगणना गर्ने सर्वदलीय बैठकले निर्णय गरेकोमा ढिलो गरेर मात्र सुरु भएको हो। शनिवार बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म भएको मतदानमा ४९ दशमलव १२ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय बझाङले जनाएको छ।

नेपाली काँग्रेसका प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा मृत्यु भएपछि उक्त क्षेत्रमा उपचुनाव भएको हो।

एमालेबाट दमन बहादुर भण्डारी, काँग्रेसबाट अभिषेक बहादुर सिंह, माओवादी केन्द्रबाट जनक बहादुर बुढा, राप्रपाबाट किशोर कुमार खड्का, एकीकृत समाजवादीबाट दिल बहादुर सिंह, नेमकिपाबाट खगेन्द्र बहादुर शाही, जनमत पार्टीबाट सुशीला देवी विष्ट, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दीपक बहादुर खड्का, जनता समाजवादी पार्टीबाट राम बहादुर खड्का, नेसनल रिपब्लिकन नेपालबाट कमल घर्तीमगर, राष्ट्रिय मातृभूमि पार्टीबाट गजेन्द्र बहादुर थापा उम्मेदवार छन्।

 

कमेन्ट लोड गर्नुस