सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा व्यावसायिक योजना सम्बन्धी प्रशिक्षण

२०८१ वैशाख १३, ११:०० खबर संवाददाता

धनगढी: प्राकृतिक श्रोतमा आधारित व्यावसायिक योजना सम्बन्धी तीन दिने प्रशिक्षक प्रशिक्षण तालिम धनगढीमा सम्पन्न भएको छ। युएसएआइडी (जल जङ्गल) परियोजना अन्तर्गत सुदूरपश्चिम र लुम्बिनी प्रदेशका २० स्थानीय तहका २० जना उद्यम विकाश सहजकर्ताहरूलाई तालिम प्रदान गरिएको हो।

तालिममा स्थानीय स्रोतको पहिचान, सञ्चालनमा रहेका वनमा आधारित उद्योगहरूको अवस्था पहिचान,स्थानीय तहको पहल कदमीबारे जानकारी,प्राकृतिक स्रोतमा आधारित समस्याको पहिचान गराउने विषयमा प्रशिक्षण दिइएको थियो।

परियोजनाका टिम लिडर भास्कर भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा सुदूर पश्चिमाञ्चल वन निर्देशनालयका कार्यकारी निर्देशक धन बहादुर विष्ट प्रमुख अतिथि रहनु भएको थियो। कार्यक्रममा परियोजनाका अस्मिता ओझा, प्रमोद सुवेदी, लोकबहादुर नेपाली, राजेन्द्र कोली, पार्वती खडका लगायतले धारणा राखेका थिए। मोचन भट्टराई र सुशील ज्ञवालीले प्रशिक्षण गरेका थिए।

 

कमेन्ट लोड गर्नुस