सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा लागुऔषधसहित २० वर्षीया चेतना पक्राउ

२०८१ वैशाख ११, ०६:५० खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा लागुऔषधसहित एक महिला पक्राउ परेकी छन्।

धनगढी उपमहानगरपालिका–३ मिलनचोकबाट २० वर्षीया चेतना सेट्टी अवस्थी लागुऔषधसहित पक्राउ परेकी हुन्।

आज (मंगलबार) साँझ ३६० मिलीग्रामी लागुऔषधसहित धनगढी उपमहानगरपालिका–३ बस्ने चेतनालाइ वडा प्रहरी कार्यालय धनगढीबाट प्रहरी निरीक्षक जनकराज ढुंगानाको कमाण्डमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। यस विषयमा जिल्ला प्रहरी कार्यालय कैलालीले थप अनुसन्धान गरिरहेको छ।

कमेन्ट लोड गर्नुस