सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुखडमा ८५५ लिटर घरेलु मदिरा बरामद

२०८१ वैशाख ११, १२:४८ खबर संवाददाता

धनगढीः कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा ८ सय ५५ लिटर घरेलु मदिरा बरामद गरिएको छ।

सोमबार दिउँसो इलाका प्रहरी कार्यालय सुखडले मदिरा बनाउन प्रयोग गरिने २ सय लिटर कच्चा पदार्थसहित ८ सय ५५ लिटर अबैध मदिरा बरामद गरेर नष्ट गरेको हो।

विभिन्न होटलबाट अबैध मदिरा बरामद गरेर नष्ट गरिएको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपेन्द्रकुमार पालले बताए। सुखडमै यसअघि पनि ४ सय ६० लिटर मदिरा बरामद गरेर नष्ट गरिएको थियो।

कमेन्ट लोड गर्नुस