सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज लोकतन्त्र दिवस मनाइँदै

२०८१ वैशाख ११, १०:०८ खबर संवाददाता

काठमाडौँः आज १८ औँ लोकतन्त्र दिवस मनाइँदै छ।

आजको दिन तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासन अन्त्य भई लोकतन्त्र दिवसका रूपमा विभिन्न कार्यक्रम गरी देशभर मनाउने गरिन्छ। सात राजनीतिक दल र तत्कालीन विद्रोही नेकपा माओवादीसमेतको सहभागितामा २०६२–६३ को ऐतिहासिक जनआन्दोलन उत्कर्षमा पुगेपछि जनताको शक्तिका सामु आजकै दिन निरङ्कुश राजतन्त्रले घुँडा टेकेको थियो।

तत्कालीन राजा ज्ञानेन्द्र शाहले विघटित प्रतिनिधिसभाको पुनः स्थापना गर्दै राजनीतिक दलले कोरेको मार्ग चित्रअनुसार अगाडि बढ्ने घोषणा गरेका थिए। सोही घोषणाअनुसार पुनः स्थापित संसद्को जेठ ४ गतेको बैठकले राजसंस्थालाई निलम्बन गर्दै कार्यवाहक राष्ट्राध्यक्षको अधिकारसमेत प्रधानमन्त्रीलाई दिएको थियो।

कमेन्ट लोड गर्नुस