सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा स्थानियले थापेको पासोमा चितुवा पर्यो

२०८१ वैशाख १०, ०८:१३ खबर संवाददाता

बैतडीः बैतडीमा स्थानियले थापेको पासोमा चितुवा परेको छ।

जिल्लाको सिगास गाउँपालिका–९ च्वाँ भेरीखोलामा चितुवा पासोमा परेको हो। आज (सोमवार) स्थानीयले थापेको पासोमा  चितुवा परेको डिभिजन वन कार्यालय बैतडीका प्रमुख दिलिपकुमार यादवले बताए। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोलीले पासोमा परेको चितुवाको उद्धार गरेको हो।

सोमवार बिहान अन्दाजी ९ बजेको समयमा चितुवा पासोमा परेको थाहा पाएपछि स्थानियले प्रहरि तथा वन कार्यालयमा खबर गरेको थिए।
 

कमेन्ट लोड गर्नुस