सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा ट्याक्टरले किच्दा एक जनाको घटनास्थलमै मृत्यु

२०८१ वैशाख ९, ०९:४० खबर संवाददाता

बैतडीः बैतडीमा ट्र्याक्टरले किच्दा एकजनाको घटनास्थलमै मृत्यु भएको छ।

जिल्लाको डिलासैनी गाउँपालिका–१ का २५ वर्षीय नरेन्द्रपसाद भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए।

डिलासैनी–१ ब्रमबाट सीमातर्फ गइरहेको  सुदूरपश्चिम प्रदेश ०१००२ त ४६८६ नम्बरको ट्र्याक्टरले डिलासैनी–१ को वडा कार्यालय नजिकै वसन्तपुर तुफानडाँडा ब्रम भन्ने स्थानमा आज दिउँसो २ बजे भट्टलाई ट्र्याक्टरले किचेको हो।

ट्र्याक्टरको ढालामा सवार नरेन्द्र एक्कासि खसेका र ट्र्याक्टरको पछाडिको टायरले किचेको थियो। टायरले किचेर नरेन्द्रको घटनास्थलमै मृत्युु भएको प्रहरी निरीक्षक केसीले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस