सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा लागूऔषधसहित रोशन र कबिन्द्र पक्राउ 

२०८१ वैशाख २२, ०७:२२ खबर संवाददाता

धनगढीः कैलालीमा लागूऔषधसहित रोशन गुरूङ र कबिन्द्र बखरिया पक्राउ परेका छन्।

गोदावरी नगरपालिका-२ बस्ने २० वर्षीय गुरूङको घरमा खानतलासी गर्दा कोठामा रहेको फ्रिजमा चुरोटको डब्बा भित्र लुकाई राखेको अवस्थामा १ ग्राम ५४० मिलिग्राम लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। उनको साथबाट नगद १० हजार समेत फेला पारी नियन्त्रणमा लिईएको छ। 

यस्तै गौरिगंगा नगरपालिका वडा नम्बर–८ घर भई हाल धनगढी उपमहानगरपालिका वडा नम्बर–७ देबरीया स्थित राधेश्याम श्रेष्ठको घरमा कोठा गरी बस्ने २७ वर्षीय कबिन्द्र बखरीयाको कोठामा चेकजाँच गर्दा उनले लुकाई राखेको १ ग्राम ८३० मिलिग्राम लागूऔषध फेला पारी उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

कबिन्द्रको साथबाट नगद ३६ हजार र लागूऔषध फेला पारी नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा राखि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस