सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा वनमा लागेको आगोबाट एक मिल र तीन गोठमा आगलागी

सात लाख बराबरको क्षती

२०८१ वैशाख ९, ०८:०२ खबर संवाददाता

डोटीः डोटीमा सामुदायिक वनमा लागेको आगो तीन गोठ र एक मिलमा समेत सल्केको छ। जिल्लाको बड्डीकेदार गाउँपालिका–४ ओखेडाका स्थित अमरघट्टी सामुदायिक वनमा आगलागी भएको हो।

उक्त सामुदायिक वनमा लागेको आगोबाट बड्डीकेदार–४ ओखेडाका एक जनाको काठ र जस्तापाताले बनेको गोठमा आगलागी हुँदा ५ बाख्रा जलेर मरेका छन्। दु्ई लाख बराबरको क्षती भएको छ। यस्तै बड्डीकेदार–३ का दुई जनाको गोेठमा पनि आगलागी भएका छ।

साथै अमरघट्टी उपभोक्ता समुहको मिलमा पनि आगलागी भएको छ। मिलका दुई पट्टा र मिल जलेर चार लाख ५० हजारको क्षती भएको प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीले जनाएको छ। घटनाको पुर्ण विवरण भने आएको छैन्।
 

कमेन्ट लोड गर्नुस