सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको झुलाघाट नाका सञ्चालन

२०८१ वैशाख ८, ०४:३३ खबर संवाददाता

बैतडीः भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका सञ्चालनमा आएको छ।

भारतमा भएको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै बन्द गरिएको सीमानाका सञ्चालनमा आएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताए।

वैशाख ७ गते उत्तराखण्ड राज्यमा हुने लोकसभा सामान्य निर्वाचन भएको थियो। उक्त निर्वाचनलाई मध्यनजर गर्दै वैशाख ४ गते साँझ ६ बजेदेखि वैशाख ७ गते निर्वाचन नसकिदा सम्मका लागि झुलाघाट नाका बन्द गरिएको थियो।
 

कमेन्ट लोड गर्नुस