सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा भारतको सहयोगमा ६ करोड लगानीका दुई विद्यालय भवन

२०८१ वैशाख ८, ०३:१५ खबर संवाददाता

दार्चुलाः भारत सरकारको सहयोगमा दार्चुलाको व्यास गाउँपालिका–६ स्थित श्री हिमालय माध्यमिक विद्यालयको विद्यालय भवन बन्ने भएको छ।

त्यस्तै दुहुँ गाउँपालिकास्थित श्री जनविकास माध्यमिक विद्यालयको विद्यालय भवनको उद्घाटन गरिएको छ। व्यास गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामी र भारतीय राजदूतावास द्वितीय सचिव प्रशान्तकुमार सोनाले भारत सरकारको २.८२ करोड आर्थिक सहयोगमा निर्माण हुने हिमालय माध्यमिक विद्यालयको विद्यालय भवनको शिलान्यास गरे।

त्यसैगरी ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत ३.३७ करोडमा निर्माण गरिएको श्री जनविकास माध्यमिक विद्यालयको विद्यालय भवनको दुहुँ गाउँपालिकाका अध्यक्ष नरेन्द्रबहादुर सिंह बडाल र द्वितीय सचिव प्रशान्तकुमार सोनाले संयुक्त रूपमा उद्घाटन गरेका हुन्। भारत सरकारको अनुदान सहयोगमा व्यास गाउँपालिकास्थित श्री हिमालय माध्यमिक विद्यालयलाई आवश्यक अन्य सुविधासँगै दुई तल्ले विद्यालय भवन, शौचालय, पर्खाल र प्रवेशद्वार निर्माणमा उपयोग गरिनेछ।

त्यस्तै भारत सरकारको अनुदान सहयोग दुहुँ गाउँपालिकास्थित श्री जनविकास माध्यमिक विद्यालयलाई आवश्यक अन्य सुविधासँगै विद्यालय भवनको निर्माणमा उपयोग गरिएको थियो। भारत सरकार र नेपाल सरकारबिच भएको सम्झौता अन्तर्गत यी दुवै परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइएको हो।

कमेन्ट लोड गर्नुस