सुदूर नेपाललाई विश्वसँग जोड्दै

शुक्लाफाँटामा बाघको संख्या बढ्यो

२०८१ वैशाख ८, ०१:१० खबर संवाददाता

कञ्चनपुरः शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढेको छ।

दुई वर्षअघि गरिएको राष्ट्रिय गणनाको तुलमा गत वर्ष गरिएको गणनामा बाघको संख्या बढेको हो। वन्यजन्तु सप्ताहको अवसर पारेर शुक्रबार गणनाको नतिजा सार्वजनिक गरिएको हो। निकुञ्ज कार्यालयले फागुन ५ देखि २२ गतेसम्म क्यामेरा ट्रयापिंङ बिधिबाट गरिएको गणना अनुसार २४ भाले र १७ पोथी तथा विश्लेषणका आधार थप ३ गरेर बाघको संख्या ४४ पुगेको जनाएको छ।

दुई वर्षअघि गरिएको राष्ट्रिय गणनामा शुक्लाफाँटामा बाघको संख्या ३६ थियो। ३ सय ५ वर्गकिलोमिटर क्षेत्रमा रहेको निकुञ्जलाई २/२ किलोमिटरका ९२ ग्रिड बनाएर हरेक ग्रिडमा एकजोडी स्वचालित क्यामेरा राखिएको थियो। १५ दिनसम्म राखिएका क्यामेरामा संकलन भएको तस्विरहरु विश्लेषण गरेर बाघको गणना गरिएको निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत प्रमोद भट्टराईले बताए।

दुई वर्षअघिको राष्ट्रिय गणनामा निकुञ्जको विस्तारित क्षेत्रमा बाघको विचरण देखिएको थिएन। तर यस पटक विस्तारित क्षेत्रमा पनि बाघको विचरण देखिएको छ। तत्कालिन वन्यजन्तु आरक्षको १ सय ५५ वर्गकिलोमितर क्षेत्र बिस्तार गरिएको हो। वन्यजन्तु आरक्षललाई २०७१ म निकुञ्जमा स्तरोन्नति गरिएको हो।

यस पटकको गणनामा बाघको संख्या मात्र नभएर उसले गर्ने विचरण वा शरीरमा भएका चिन्हका आधारमा नामाकरण गरिएको राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा संरक्षण कार्यक्रम प्रमुख लक्ष्मीराज जोशीले बताए। यसका साथै निकुञ्जमा गैंडाको संख्या पनि २३ पुगेको छ। गत वर्ष गरिएको गणनामा २० वटा गैंडा भेटिएका थिए। निकुञ्ज कार्यालयका अनुसार ६ भाले १० पोथी तथा ७ पहिचान नभएका गरि गैंडाको संख्या २३ पुगेको हो। बाघको जस्तै गैंडाको पनि वासस्थान र शरीरमा भएको चिन्हृको आधारमा नामाकरण गरिएको छ।

कमेन्ट लोड गर्नुस