सुदूर नेपाललाई विश्वसँग जोड्दै

अनमोलको फिल्म ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक

२०८१ वैशाख ६, ०५:५५ खबर संवाददाता

काठमाडौँः सुपरस्टार अनमोल केसीको फिल्म ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक गरिएको छ।

बिहीवार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरबाट फिल्म टाइम ट्राभलको कथामा बनेको बुझ्न सकिन्छ। फिल्ममा अनमोललाई स्टाइलिस रूपमा प्रस्तुत गरिएको ट्रेलरबाट बुझ्न सकिन्छ। फिल्ममा उनको अपोजिटमा अभिनेत्री जसिता गुरुङ रहेकी छन्।

फिल्मलाई सुयोग गुरुङले लेखन तथा निर्देशन गरेका हुन्। फिल्ममा अनमोल र जसितासँगै सलोन बस्नेत, कृष्ण मल्ल, निर्मल शर्मा, रवि काफ्ले, समृद्धि अर्याल लगायतको पनि अभिनय रहेको छ। जेठ १० गते रिलिज हुने यो फिल्मसँगै बहुप्रतिक्षित फिल्म ‘पूजार सार्की’ र पूजा शर्माको प्रमुख भूमिका रहेको ‘दान्भी’ भिड्दै छन्।
 

कमेन्ट लोड गर्नुस