सुदूर नेपाललाई विश्वसँग जोड्दै

माओवादी केन्द्रसँग एकताको बहस जारी छः विप्लव

२०८० चैत्र १६, ०७:०७ खबर संवाददाता

काठमाडौँः नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ’विप्लव’ ले माओवादी केन्द्रसँग एकताको बहस चलिरहेको बताएका छन्।

शुक्रवार काठमाडौँमा आयोजित पार्टी ध्रुवीकरण कार्यक्रममा विप्लवले पार्टीले सबै कम्युनिष्टसँग एकता लागि प्रयास गरिरहेको र माओवादी केन्द्रसँग पनि एकताको बहस भइरहेको जानकारी दिए। उनले दुईतिहाई बढी जनताले स्वीकार गरेको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गरेर मुलुकको समाजवादी विकासमा अघि बढ्नुपर्ने धारणा राखे।

विप्लवले समाजवादी मोर्चाभित्र पनि कम्युनिष्टहरूलाई एकपटक जनताप्रति फर्काउनुपर्छ भन्नेमा एकमत रहेको जिकिर गरे। त्यस्तै उनले मुलुकको परिवर्तनमा योगदान गरेको जनयुद्धलाई अवमूल्यन गर्ने काम भएको भन्दै सत्य कुरालाई ढाकछोप गरेर जनतालाई भ्रमित गर्ने कामलाई संयमतापूर्वक चुनौती दिनुपर्ने बताए। उनले जनयुद्धमा सहभागी दलहरू एक भएर अहिलेको अवस्थाका बारेमा समीक्षा गर्ने बेला आएको समेत बताए।
 

कमेन्ट लोड गर्नुस