सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी पुगेर ओलीले भने, ‘रविलाई कांग्रेसले फसाउन खोजेको छ’

२०८० चैत्र ६, १२:४२ खबर संवाददाता

धनगढीः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बचाउ गरेका छन्।

मंगलबार धनगढीमा सञ्चारकर्मीसँग कुरा गर्दै पुर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले रवि कांग्रेसतिर नलाग्दा फसाउन खोजिएको आरोप लगाएका हुन्। ‘सहकारीसँग कुनै सम्बन्ध नै नभएका लामिछानेलाई जबरजस्ती बदनाम गराउन खोज्ने?’ हाल सहकारीको अनियमितामा मुछिएको भन्दै गृहमन्त्री लामिछानेको राजीनामा माग्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा विरोध गरिरहेको छ।

ओलीले कांग्रेस सत्ताबाट बाहिर निस्किएपछि छटपटी गरिरहे बताए। ओलीले भने, ‘उजुरी दर्ता तपाईँको नाममा पनि हुन सक्छ। उजुरी दर्ताकै विषयमा मन्त्री नहुने हो भने त नेपालमा मन्त्री खाली हुन्छ। संसद् खालि हुन्छ सबै खालि हुन्छ। उजुरी त एउटा लगेर हाल्दिए भइहाल्यो नि।’

ओलीले नयाँ सत्ता गठबन्धनबाट पूरै कार्यकाल माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै प्रधानमन्त्री हुन सक्ने बताए। उनले आफूलाई प्रधानमन्त्रीको इच्छा नभएको र अरू प्रधानमन्त्री बन्न अगाडी नसरेको दाबी गर्दै प्रचण्ड नै पूरै कार्यकाल प्रधानमन्त्री रहन सक्ने तर्क गरे।

कमेन्ट लोड गर्नुस