सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वस्तिक हस्पिटलमा निःशुल्क निःसन्तानता परामर्श शिविर सम्पन्न

२०८० चैत्र ४, १०:२९ खबर संवाददाता

धनगढीः धनगढीको सहिद गेट स्थित स्वस्तिक कार्डियो एण्ड मल्टीस्पेसियालिटी हस्पिटलमा निःशुल्क निःसन्तानता परामर्श शिविर सम्पन्न भएको छ। शनिवार बिहान १० बजे देखी ५ः३० बजे सम्म सञ्चालन रहेको उक्त शिविर दुई चरणको सेवा दिँदै भव्यताका साथ सम्पन्न भएको हो। 

इन्दिरा आईभिएफ क्लिनिक नेपाल काठमाडौँ सँगको सहकार्यमा आयोजना गरिएको निःशुल्क निःसन्तानता परामर्श शिविरमा पहिलो चरण अन्तरगत प्रोजेक्टरको मध्यमबाट हस्पिटलको सभा हलमा मास परामर्श दिइएको थियो भने दोस्रो चरण अन्तरगत ओन टु ओन ओपिडी परामर्श मार्फत ६२ जना बढी सेवाग्राहीलाई शिविर मार्फत परामर्श सेवा प्रदान गरिएको अस्पताले जनाएको छ। 

उक्त निःशुल्क निःसन्तानता परामर्श शिविरमा  प्रसूति तथा स्त्री रोग एवं बाँझोपन विशेषज्ञ डा. मनीषा आचार्यले परामर्श दिएकी थिइन्। डा.आचार्यका अनुसार उक्त परामर्शका क्रममा पुरुष निशन्तानताको सङ्ख्या बढी देखिएको छ। 

‘आज यहाँ वैदेशिक रोजगारबाट फर्किएका पुरुषहरूमा निःसन्तानताको समस्या देखियो। यो उनीहरूले अत्यधिक तातो तापक्रममा लामो समय काम गर्दा उत्पन्न भएको देखिन्छ। भने महिलाहरूमा महिनावारी अनिमीयत र महिनावारीको समयमा अत्यधिक पेट दुख्ने समस्यालाई समयमै समाधान नगर्दा उक्त समस्याका कारण अन्य सङ्क्रमणहरू समेत हुन गएकोले महिलाहरूमा निःसन्तानता समस्या भएको आजको अन्तरक्रिया परामर्शका क्रममा मुख्य समस्या देखा पर्न गयो।’ डा.आचार्यले भनिन्।

सामाजिक उत्तरदायित्व बहन गर्दै असहाय एवं बेसहारा प्रमाणित व्यक्तिहरूका लागी ३ ओटा बेड मार्फत निःशुल्क उपचार सेवा प्रदान गरिरहेको छ। त्यस्तै, आइतबारदखि शुक्रवार सम्म निरन्तर (ओपिडी) बहिरङ्ग सेवा मार्फत र इमरजेन्सी सेवा अन्तरगत हप्ताका सातै दिन २४ घण्टा निरन्तर सेवा प्रदान गरिरहेको जनाएको छ।
 

कमेन्ट लोड गर्नुस