सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका दुई युवक कञ्चनपुरबाट पक्राउ

२०८१ वैशाख २०, ०२:२१

कञ्चनपुरः धनगढीका दुई युवक कञ्चनपुरबाट पक्राउ परेका छन्। कैलालीको धनगढी उपमहानगरपालिका–६ का २८ वर्षीय ओमप्रकाश चौधरी र धनगढी–११ का २० वर्षीय अरुण राना लागुऔषधसहित पक्राउ परेका हुन्।

सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार बुधवार दिउँसो उनीहरू लागुऔषधसहित पक्राउ परेका हुन। ओमप्रकाश चौधरीलाई बेलौरी नगरपालिका–७ कालोपुलबाट लागूऔषध २ ग्राम ३५ मिलिग्रामसहित पक्राउ गरेको हो। अरूण रानालाइ भीमदत्त नगरपालिका–११ गड्डाचौकी होल्डिङ सेन्टरबाट लागूऔषध २ ग्राम ८२ मिलिग्रामसहित बुधवार दिउँसो प्रहरीले पक्राउ गरेको हो। चौधरीलाई इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो भने, रानालाई इलाका प्रहरी कार्यालय दोधारा र इलाका प्रहरी कार्यालय गडडाचौकीबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो।

 

कमेन्ट लोड गर्नुस