सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र कञ्चनपुरका ८ स्थानबाट अबैध सामान बरामद

२०८१ वैशाख १६, १०:०६ खबर संवाददाता

धनगढीः कैलाली र कञ्चनपुरमा विभिन्न आठवटा स्थानबाट प्रहरीले अबैध सामान बरामद गरेको छ।

कैलालीको धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराह, धनगढी उपमहमानगरपालिका–९ त्रिवेणीघाट, भजनी नगरपालिका–१ ठेगनपुर र कैलारी गाउँपालिका–४ ‘के’ गाँउ जङ्गलबाट करिब दुई लाख १२ हजार ३६० मुल्यको अबैध सामान प्रहरीले नियन्त्रणमा लिएको हो। प्याज, चिनी, सुर्ती, बिडी, चक्लेट, खानेतेल, मटर, इन्जिन तेल, फिल्टर, एक थान मोटरसाइकल शनिबार जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको हो।

उता कञ्चनपुरमा विभिन्न चार स्थानबाट प्रहरीले अबैध सामान नियन्त्रणमा लिएको छ। जिल्लाको भीमदत्त नगरपालिका–९ तुम्डेनी, बेलौरी नगरपालिका–२ बैजुडाडा, बेलौरी नगरपालिका–६ नकैया र बेलौरी नगरपालिका–१० भुडाबाट करिब ६१ हजार ३३० मुल्यको अबैध प्याज, चिनी, लेडिज सुट, कपडा, वाइरिङका सामान, जुत्ता, मोटरसाइकलका ट्युव, चेन, हार्डबेयर, किरानालगायतका सामान शनिबार प्रहरीले बरामद गरेको छ।

कमेन्ट लोड गर्नुस