सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा तीन ठाउँमा आगलागी, एक भैँसी जलेर मर्यो

२०८१ वैशाख १२, १०:४३ खबर संवाददाता

धनगढीः कैलालीका विभिन्न तीन ठाउँमा आगलागी भएको छ। जिल्लाको बर्दबगोरीया, लम्कीचुहा र भजनीमा आगलागी भएको छ।

बर्दगोरी गाउँपालीका–२ मा एक कच्ची गोठमा आगलागी भएको छ। आगलागीबाट गहुँ, धान, लुगा कपडामा आगलागी हुनुका साथै एक भैँसी जलेर मरेको छ भने एक राँगा र एक बाख्रा जलेर घाइते छन्। खेतमा लगाएको आगो एक्कासी फैलिन गए आगलागी भएको हो।

आगलागीबाट ६ लाख बराबरको क्षती भएको प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीले जनाएको छ। लम्कीचहुा नगरपालिका–८ गप्कामा पनि आगलागि भएको छ। आगलागीबाट गहुँ, सालको काठ, साइकल जल्नुका साथै एक कच्ची गोठमा आगलागी भएको छ।

आगलागीबाट छ लाख बराबरको क्षती भएको छ। खेतमा लागेको आगो सल्केर आगलागी भएको हो। यस्तै भजनी नगपालिका–३ मन्द्रीमा आगलागी हुँदा रा.मा.विको १६ विघा जमीमा लगाएको लिप्टीसको बारीमा आगलागी भएको छ। घटनाको पुर्ण विवरण आउँन बाकी छ।
 

कमेन्ट लोड गर्नुस