सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी-३ का ११० जना महिलालाई वडा कार्यालयबाट सहयोग

२०८१ वैशाख ११, १०:३० खबर संवाददाता

धनगढी: धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का ११० महिलालाई सहयोग गरिएको छ। वडा कार्यालयले ६० जना सुत्केरी र ५० जना गर्भवती महिलालाई सहयोग गरेको हो। गर्भवती महिलालाई एक क्रेट अन्डा, एक पाकेट बदाम र पिस्ता र एक पिस साबुन प्रदान गरिएको छ।

यस्तै, सुत्केरी आमालाई एक क्रेट अन्डा, बच्चालाई मालिस गर्ने तेल, स्याम्पू, स्काप र बेबी पाउडर वितरण गरिएको वडा अध्यक्ष राजबहादुर ऐरले बताए। सुत्केरी र गर्भवती आमाको पोषणमा सहयोग पुगोस् भनेर पोषणयुक्त सामाग्री वितरण गरिएको वडा अध्यक्ष ऐरले बताए।

कमेन्ट लोड गर्नुस