सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट एक फरार प्रतिबादी पक्राउ

२०८१ वैशाख ८, ०७:५८ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुर प्रहरीले सवारी ज्यान मुद्दाका एक फरार प्रतिबादीलाई पक्राउ गरेको छ।

सवारी ज्यान मुद्दामा २ महिना ८ दिन कैद सजाय र ७० हजार जरिवाना ठहर भई फरार रहेका कञ्चनपुरको भीमदत्त नगरपालिका–६ सुकासाल बस्ने ५१ वर्षीय करन चन्दलाई शुक्रवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

जिल्ला अदालत कञ्चनपुरले २०८० माघ ८ गते चन्दलाई फैसला सुनाएपछि उनी फरार रहेका थिए। उनलाई पक्राउ गरी सजाय भुक्तानका लागि अदालतमा पेस गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेशराज जोशीले बताए। 
 

कमेन्ट लोड गर्नुस