सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीका प्रकाशले अन्तराष्ट्रिय स्तरमा दोहोरो पदक जिते

२०८१ वैशाख ७, ०९:४६ खबर संवाददाता

बैतडीः महाराष्ट्र तेक्वान्दो एकेडेमीको आयोजनामा भारतमा भएको अन्तराष्ट्रि तेक्वान्दो प्रतियोगितामा बैतडीका प्रकाश साउँदले दुई विधामा  दोहोरो स्वर्ण पदक  हात पारेका छन्।

उनले पुम्से र क्योरुगी ६८ केजी तौल समुहमा दोहोरो स्वर्ण पदक जितेका छन्। उनी उत्कृष्ट खेलाडी समेत बनेका छन्। साउँद १९ वर्ष मुनिको गोल्डमेडेलीस्ट समेत हुन्।

उनले राष्ट्रिय तथा अन्तराष्ट्रिय थुप्रै खेल खेलिसकेका छन्। अन्तराष्ट्रिय स्तरमा दोहोरो स्वर्ण पदक जित्ने उनी बैतडीका पहिला खेलाडी हुन। 

कमेन्ट लोड गर्नुस