सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र कञ्चनपुरबाट झण्डै २ लाखका सामान बरामद

२०८१ वैशाख १, ११:४३ खबर संवाददाता

धनगढीः कैलाली र कञ्चनपुरबाट झण्डै २ लाखका सामान बरामद गरिएको छ।

कैलालीको बिभिन्न स्थान धनगढी उपमहानगरपालिका-२ ट्राफिक चौराह नजिकबाट, भजनी नगरपालिका-५ हलौनाघाट र गोदावरी नगरपालिका-३ चौकीडाडाबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका १ लाख ४३ हजार १४४ मुल्यको सामान बरामद गरिएको हो।

उक्त मुल्य बराबरको चिनी, प्याज, चप्पल, डाल्डा, ट्याक्टरको टायर, ट्युब, अचार लगायतका सामानहरु शुक्रवार प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

यस्तै कञ्चनपुरको बिभिन्न स्थानहरु भीमदत्त नगरपालिका-१७ मझगाँउ चोक नजिकबाट र बेलौरी नगरपालिका-२ थापाचोकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका ४६ हजार ५४४ मूल्यको खाने तेल, मिठाई, बिडी, बेसन, फ्रिज, डिउ लगायतका सामानहरु शुक्रवार प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस