सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र कञ्चनपुरबाट झन्डै ५ लाखका सामान बरामद 

२०८० चैत्र २६, १०:०३ खबर संवाददाता

कैलालीः कैलाली र कञ्चनपुरबाट झन्डै ५ लाखका सामान बरामद गरिएको छ।

धनगढी–२ ट्राफिक चौराह नजिकबाट, धनगढी–३ बाट, धनगढी–१२ हनुमान मन्दिर नजिकबाट, भजनी नगरपालिका ३ काडा र भजनी–५ हलौनाघाटबाट अबैंध रुपमा भारतबाट ल्याएका १ लाख १७ हजार ९१० बराबरको प्याज,चिनी, मिश्री,दाल,साबुन,बिडी,सुर्ती,चक्लेट,चियापत्ती,खानेतेल,पानीपुरी,प्लाष्टिक झिल्ली,पेय पदार्थ,सिद्रा माछा लगायतका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

यस्तै कञ्चनपुरको बिभिन्न स्थान भीमदत्त–२ भासि, भीमदत्त–४ बसपार्कबाट, शिव मन्दिरबाट, भीमदत्त–५ सुकासालबाट, भीमदत्त–९ ब्रहमदेब दशगजाबाट, भीमदत्त–१० बिद्युत कार्यालय नजिकबाट, भीमदत्त–११ चौकीसत्ता र गडडा बजारबाट, भीमदत्त–१७ बडुवालबाट, बेलौरी नगरपालिका–१ बैशाखीबाट र पुनर्वास नगरपालिका–१० बिकासबस्तीबाट सामान बरामद गरिएको छ।

उक्त स्थानबाट ३ लाख ६२ हजार ६१२ मूल्यको प्याज,चिनी,मिश्री,दाल,साबुन,बिडी,सुर्ती,चक्लेट,खानेतेल,पानीपुरी,पेय पदार्थ,बच्चाको खेलौना, अचार,दाल,फलफुल, पंखाको चक्का,पंखाको पाता, ब्लाउज,सानो गल्बन्दी,सुट कपडा, माछा लगायतका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। दुबै जिल्लाबाट जम्मा ४ लाख ८० हजार ५२२ मुल्यको सामान आईतवार प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको हो।

कमेन्ट लोड गर्नुस