डडेल्धुराका एक फरार दोषी पक्राउ
२०८० चैत्र २६, ०७:४०
डडेल्धुराः डडेल्धुराका एक फरार दोषी पक्राउ परेका छन्।
जिल्ला अदालत डडेल्धुराको फैसलाले बिना ईजाजत साल जातका रुख काटे कटाएको मुद्दामा २ महिना कैद सजाय र १० लाख ३६ हजार २६७ जरिवाना ठहर भई फरार रहेका पर्शुराम नगरपालिका-११ पातल बस्ने ४२ वर्षीय नरबहादुर खडायतलाई आईतवार पक्राउ परेका हुन्।
ईलाका प्रहरी कार्यालय जोगबुढा, डडेल्धुराबाट खटिएको प्रहरी टोलीले उनकै घरबाट पक्राउ गरेको जनाएको छ।
कमेन्ट लोड गर्नुस