सुदूर नेपाललाई विश्वसँग जोड्दै

भिरबाट लडेर बाजुरामा एक महिलाको मृत्यु

२०८० चैत्र २१, ०४:०६ खबर संवाददाता

बाजुराः बाजुरामा भिरबाट लडेर बुधवार एक महिलाको मृत्यु भएको छ।

हिमाली गाउँपालिका–५ रिठ्ठाकी ३६ वर्षीया अप्सरा बुढथापाको आज बिहान भिरबाट लडेर मृत्यु भएको हो। घाँस खाट्न गएकी अप्सरा बालभिटा भिरमा मृत अवस्थामा फेला पारेको उनका आफन्त लंक कार्कीले बताए।

उनको शव पोष्टमार्टमका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र लगिएको र घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी सुदीतसिँ गिरीले बताए।
 

कमेन्ट लोड गर्नुस