सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा करेन्ट लागेर गम्भीर घाइते महिलाको मृत्यु

२०८० चैत्र २१, ०९:०३ खबर संवाददाता

धनगढीः दार्चुलामा करेन्ट लागेर गम्भीर घाइते भएकी महिलाको मृत्यु भएको छ।

करेन्ट लागेर गम्भीर घाइते भएकी शैल्यशिखर नगरपालिका–१ बारिलकी ५५ वर्षीया कुमारी तितराको उपचारका क्रममा काठमाडौंमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उनको बर्निङ अस्पतालमा निधन भएको हो। गत शुक्रवार दिउँसो घर नजिकै बाख्रा चराउने क्रममा भुइमा लत्रिएको तारमा छुनगई करेन्ट उनलाई लागेको थियो। 

कमेन्ट लोड गर्नुस