सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा चन्द फेरी चोरी मुद्दामा पक्राउ

२०८० चैत्र १९, ०१:१३ खबर संवाददाता

डडेल्धुराः डडेल्धुरामा चोरी गरेको आरोपमा एक जना फेरी पक्राउ परेका छन्।

बैतडीको मेलौली नगरपालिका–९ रोकटाका २२ वर्षीय गोरखबहादुर चन्द चोरी मुद्दामा पक्राउ परेका हुन्। चन्दले डडेल्धुराको भागेश्वर गाउँपालिका–३ तल्लो चौराहा लामिकाण्डेका हिक्मतसिंह खड्काको आशिष एण्ड आरुष किराना पसलमा चैत ११ गते चोरी गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी करबिर ऐरले बताए।

चन्दले पसलको मूलढोकामा लगाएको ताला तोडफोड गरि नगद ४८ हजार र अन्य खुद्रा सर–सामानसहित ९५ हजार ५ सय बराबरको चोरी गरी फरार थिए। प्रहरीले उनलाई चैत १६ गते पक्राउ गरेको हो। उनीमाथि डडेल्धुरा जिल्ला अदालतबाट ७ दिनको म्याद थप भइ थप अनुसन्धान भइरहेको छ। चन्द चोरी सम्बन्धी कसुरमा २ वर्ष कैद भुक्तान गरि डडेल्धुरा जिल्ला कारागारबाट चैत ११ गते छुटेका थिए।

कमेन्ट लोड गर्नुस