सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराका एक जना चरेशसहित पक्राउ

२०८० चैत्र १७, ०८:१७ खबर संवाददाता

डडेल्धुराः डडेल्धुराका एक जना लागूऔषधसहित पक्राउ परेका छन्। अमरगढी नगरपालिका-२ चालिसे मोड नजिकबाट ०.४९५ किलोग्राम लागूऔषध (चरेश)सहित अमरगढी नगरपालिका-४ का ४३ वर्षीय कमल गुरुङ शुक्रवार दिउँसो पक्राउ परेका हुन्।

बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र प्रहरी चौकी बागबजारबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनले प्रयोग गरेको से.७ प. ३६१५ नम्बरको मोटरसाईकलको दाहिने लेकगार्डमा झुण्डाई लुकाई छिपाई राखेको चरेस फेला पारी उक्त पदार्थ र मोटरसाईकल सहित गुरुङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

कमेन्ट लोड गर्नुस