सुदूर नेपाललाई विश्वसँग जोड्दै

अफगानिस्तानमा पाकिस्तानको हवाई हमलाबाट ८ जनाको मृत्यु

२०८० चैत्र ५, ०५:४१ खबर संवाददाता

एजेन्सीः अफगानिस्तानको तालिबान सरकारले पाकिस्तानबाट आफ्नो भूमिमा हवाई हमला भएको जनाएको छ।

तालिबानका अनुसार यो हवाई हमलामा कम्तीमा पनि ८ जना सर्वसाधारण मारिएका छन्। मारिनेमा महिला र बालबालिका छन्। तालिबानका एक प्रवक्ताले पाकिस्तानी जहाजले पाकिस्तानको सीमानजिकै पास खोस्त र पक्तिका प्रान्तमा रहँदै आएका सर्वसाधारणको घरमा बमबारी गरेको बताए।

हवाई हमलापछि सीमावर्ती इलाकामा तालिबान र पाकिस्तानी बलबीच झडपमा भएको जनाएको छ। गोलाबारीका क्रममा पाकिस्तानका तीन जवान पनि घाइते भएको समाचार छ। घटनाको अहिलेसम्म पाकिस्तानले कुनै जानकारी सार्वजनिक गरेको छैन। तर केही जानकारहरूले यसलाई पाकिस्तानीको जवाफी कारबाहीका रुपमा ब्याख्या गरेका छन्। खासमा एक हप्ताअघि पाकिस्तानी सेनाको सुरक्षा चौकीमा भएको आत्मघाती बम विस्फोटपछि पाकिस्तानले जवाफी कारबाहीको चेतावनी दिएको थियो। 
 

कमेन्ट लोड गर्नुस