ज्यानमारा बन्दै कैलालीको पूर्वपश्चिम राजमार्ग
सोमबार बिहान ट्रकको ठक्करबाट कैलालीको गोदावरी नगरपालिका स्याउलेका १९ वर्षीय नरेश देउवाको मृत्यु भयो। स्याउले चोकस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकको ठक्करबाट पैदल यात्री देउवाको मृत्यु भएको हो। यस्तै मंसीर १२ गते राति कैलालीमा मोटरसाइकल दुर्घटनामा परी घोडाघोडी नगरपालिका वडा नम्बर १ का २० वर्षीय रुद्र बोहराको मृत्यु भयो। उता जिल्लाको घोडाघोडी नगरपालिका ५ डोकेबजारमा शनिबार ट्रकको ठक्करबाट मोटरसाइकल चालक बसन्तराज शर्माको पनि मृत्यु भयो।
कमेन्ट लोड गर्नुस