सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी वडा नम्वर ४ को गोदाममा मात्रै २६९ कठ्ठा चामल कुहिएको भेटियो

धनगढी : राहत वितरणमा कुहिएको र किरा परेको चामल वितरण गरेपछि बिवादमा आएको धनगढी उप–महानगरपालिकाले छानबिन समिति गठन गरेको छ। 

वडा नम्बर १८ का अध्यक्ष मुरारी अधिकारीको संयोजकत्वमा गठन भएको छानबिन समितिले वडा नम्बर ४ को गोदामबाट छानबिन सुरु गरेको छ। 

 

अहिले सम्म १५ किलोग्राम तौल भएका तीन सय ५६ कठ्ठा (पोका) र २० किलोग्राम तौल भएका २० वटा कठ्ठा खोलिएको छ। 

छानविन समितिक संयोजक अधिकारीले भने, ‘१५ किलोग्राम तौल भएका तीन सय ५६ बोरा खोल्दा दुई सय ६९ कठ्ठामा कुहिएको चामल भेटिएको छ। ८७ कठ्ठा चामल मात्रै उपभोग गर्न मिल्ने छ। २० किलोग्राम तौल भएका कठ्ठामा भने चामल राम्रै भेटिएको छ।’ 

उनले तीन दिनभित्रै छानविन सकेर उप–महानगरपालिकालाई प्रतिवेदन बुझाउने बताए। दुई सय ६९ पोकामा चार हजार ३५ किलो चामल कुहिएको भेटिएको छानविन समितिले जनाएको छ। जस्को मूल्य एक लाख ७ठ हजार पाँच सय ४० हुन्छ। धनगढी उप–महानगर कार्यापालिका बैठकले छानबिन समिति गठन गरेको थियो।

समितिमा वडा नम्बर १८ का अध्यक्ष मुरारी अधिकारी संयोजक, वडा नम्बर ३ का अध्यक्ष बलबहादुर ऐर, वडा नम्बर ९ का अध्यक्ष प्रेमबहादुर भण्डारी, वडा नम्बर १३ का अध्यक्ष विजयराज जोशी र कार्यपालिका सदस्य गिता पन्त सदस्य तथा उप–महानगरपालिकाको कृषि शाखा प्रमुख लोकराज उपाध्याय सदस्य सचिव रहेका छन्। 

धनगढीका विभिन्न वडामा उप–महानगरपालिकाले वितरण गरेको राहतको चामल कुहिएको फेला परेपछि स्थानीयले फिर्ता गरेका थिए। धनगढी उप–महानगरपालिकाले २ कराेड ६१ लाखमा ठाकुर ट्रेड लिंकलाई राहत सामाग्री खरिदको टेण्डर दिएको थियो।

कमेन्ट लोड गर्नुस